भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
nepalipatr-april
‘केहीले ठाउँ नपाएर सरकारको विरोध गरेका छन्, अनेक अभद्र गाली गर्ने संस्कारमा आफूलाई सीमित राखेका छन्’, उनले भने, ‘तर सरकार सानातिना हल्काफुल्का रुपमा होइन, देशका लागि साँचो र सही बाटोबाट अघि बढ्न चाहन्छ।’
लोकतन्त्रमा बाधा र अवरोधलाई सामान्य मान्नुपर्ने बताउँदै त्यसलाई पन्छाउँदै सरकार देशलाई सबल बनाउन लागिरहेको उनले दाबी गरे। सरकार भारत र चीन दुवै छिमेकीसँगको सुमधुर सम्बन्ध, पारस्परिक लाभ र सम्मानसहित २१ औं शताब्दीअनुकूल सम्बन्ध विस्तारमा लागिरहेको पनि उनले बताए।
प्रधानमन्त्रीले आफू जेल जीवनबाट बाहिर आएदेखि (२०४४) थापासँग निरन्तर सम्पर्क र सम्बन्धमा रहेकाले उनी अभिभावकीय व्यक्तित्व भएको उल्लेख गरे। देश र जनताको हितका प्रश्नमा थापाको सधैँ चिन्ता रहेको पनि ओलीले बताए।
विसं १९८४ चैत ८ मा जन्मिएका थापाको २०७२ वैशाख २ मा निधन भएको थियो। पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरु डा.प्रकाशचन्द्र लोहनी, दीपक बोहरा, बुद्धिमान तामाङ, स्व थापाका छोरा सुनिलबहादुर थापा लगायतले थापाले लामो समय नेपालको राजनीतिमा दिनुभएको योगदानबारे चर्चा गरेका थिए।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

0 comments:
Post a Comment