सकियो कक्षा ११ र १२ को परिक्षाको तयारी

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

 मिडिया एनपी, काठमाडौं, १८ बैशाख । यहि २० गतेबाट सुरु हुने कक्षा १२ र जेठ २ गतेबाट सञ्चालन हुने ११ को परिक्षाको सम्पूर्ण तयारी पुरा भएको उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले जनाएको छ ।

यो वर्ष ३ लाख ४६ हजार ४२७ जना विद्यार्थीले कक्षा १२ को परिक्षा दिदै छन् भने ३ लाख ६९ हजार ४२६ जनाले कक्षा ११ को परिक्षा दिने छन् ।

परीक्षाका लागि नेपालभर ९२१ परीक्षा केन्द्र निर्धारण गरेको परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताएका छन् । बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने परीक्षा मर्यादित बनाउँने बताउँदै अर्यालले विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति, कारागार र बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment